बुवाको मृत्युपछि मेडिसिटीमाथि कारवाहीको माग
पाेखरा | साउन ४, २०७९
तस्बिर: सुदर्शन रञ्जित
बुवा योगेन्द्रबहादुर बस्नेतको उपचारकोक्रममा अस्पताल र चिकित्सकको लापरवाही मृत्यु भएको भन्दै बस्नेत परिवार न्याय मागिरहेका छन् ।
पोखरामा शिक्षाप्रेमी कहलिएका बस्नेतको जेठ २२ मा पित्तथैलीको अप्रेशन गरिएपनि जेठ २५ गते मृत्यु भएको थियो । शल्यक्रिया गरेको २ दिनपछि बुबालाई ह्दयघाट भएको र हृदयघातपछि जसरी चिकित्सकीय निगरानी र उपचार हुनुपथ्र्यो त्यो नभएको उनको दाबी छ ।
पोखरामा पत्रकार सम्मेलन गर्दै छोरा समिरबहादुर बस्नेतले काठमाडौंको नख्खुस्थित नेपाल मेडिसिटी हस्पिटल र डा. सुनिल शर्माको लापरवाहीका कारण आफ्ना बुबाको ज्यान गएको भन्दै दोेषीमाथि कडा कारवाहीको माग गरेका छन् । अस्पताल र सम्बन्धि चिकित्सककै लापरवाहीले बुबाको ज्यान गएको उनको भनाई छ ।
हस्पिटलका डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानविन समिति गठन गरिएपनि ४२ दिन बितिसक्दा समेत मृत्युको कारण र राम्रो संग छानबिन समेत हुन नसकेको भन्दै उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग राखे । डा शर्माले बिरामीको अवस्था बुझ्न डा। राजीव मिश्रलाई अग्रह गरेपनि मिश्रले भने अस्पतालमा उपस्थित नै नभई बिरामीको अवस्था सामान्य रहेको भनी गलत रिपोर्ट गरेका थिए ।
छानबिनका लागी असार ६ गते निवेदन दिए पछि हस्पिटलले ३ जना डाक्टरलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाउने भनिएपनि आफूहरुले पटक पटक ताकेता गर्दा समेत अहिलेसम्म कुनैपनि जानकारी नगराईएको उनले बताए । घटनाबारे जानकारी लिन खोज्दा छानबिनमा संलग्न डा. बज्राचार्य र डा. नीलमणि उपाध्याय सम्पर्कमा नै आउन नखोज्नुले हस्पिटल प्रशासनले घटनालाई आलटाल गर्न खोजेको बस्नेतले आरोप लगाए ।
छानबिनका लागि असार २८ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएपनि काउन्सिलका अध्यक्ष डा। कृष्ण अधिकारीले छानबिन गर्न लामो समय लाग्ने जानकारी गराएको भन्दै उनले कहिले सम्म छानबिन सकिने हो र घटनाबारे यथार्थ जानकारी पाउन कति समय पर्खनुपर्ने हो भन्दै प्रश्न गरे ।
तनहूँको शुक्लागण्डकी–३ स्थायी घर भएका बस्नेत जिल्ला शिक्षा अधिकारी हुँदै क्षेत्रीय शिक्षा निर्देशक समेत भएर कार्य गरेका थिए ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

